नियम २७
इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्ने
ईजाजतपत्रवालाले उत्पादन स्थलमा कुनै किसिमको दुर्घटना भएमा सो कुराको सूचना यथाशीघ्र सम्बन्धित अन्तशुल्क अधिकृत वा विभागलाई दिनु पर्नेछ । सो बमोजिमको सूचना नदिएमा त्यस्तो दुर्घटनाबाट नेपाल सरकारलाई हुन गएको अन्तशुल्क सम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले नै व्यहोर्नु पर्नेछ ।
तर इजाजतपत्रवालाले अन्तशुल्क लाग्ने वस्तु वा पदार्थ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा दुर्घटना भै त्यस्तो वस्तु वा पदार्थ नोक्सानी भएको अवस्थामा सो वस्तुको बीमा गराएको रहेछ र सोको क्षतिपूर्ति प्राप्त भएको रहेछ भने सो क्षतिपूर्ति प्राप्त भएको हदसम्म नेपाल सरकारलाई हुन गएको अन्तशुल्कसम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले व्यहोर्नु पर्ने छैन ।